Advertisement

आज तीन संसदीय समितिको बैठक बस्दै

आज सङ्घीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक अ बस्न लागेको हो । बैठकमा काठमाडौँको तीनकुनेमा भएको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।