Advertisement

आज जानकी नवमी मनाइँदै

आज सीताको जन्मदिनको सम्झानामा जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।
जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ । जानकी नवमी मधेश प्रदेशमा हरेक वर्ष मनाउँदै आएको छ ।