Advertisement

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

आज गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समिति बैठक बोलाएका छन् ।
गृहमन्त्रीको अध्यक्षता रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुबीच छलफल हुने छ । बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ ।