Advertisement

आज किरात राई समुदायले साकेला उभौली पर्व मनाईयो

आज काठमाडौं बस्दै आएका किरात राई समुदायले साकेला उभौली मनाएका छन ।
काठमाडौंको टुँडिखेलमा किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समूदायले सामूहिक रुपमा उभौली पर्व मनाए । वैशाख २९ गते बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व मनाइएपनि शनिबार भने टुँडिखेलमा साकेला उभौली उत्सवको आयोजना गरिएको हो ।वैशाखे पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बाली सप्रियोस् भन्दै पूजा गरी यो पर्व मनाइन्छ । प्रकृतिको पूजा गरे बाली सप्रने किरात राई समुदायको धार्मिक विश्वास रही आएको छ ।