Advertisement

आज काठमाडौँमा नेकपाको एकता सन्देश सभा

आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ ।
सभामा ५० हजार मानिस सहभागी हुने पार्टीले दाबी गरेको छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए ।
भट्टराईको अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन । सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने बताए ।