कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
यसअघि २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रूपमा मनाउने तयारी रहेको गौतमले बताए ।
आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा












