आज नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन ।
महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लबबीच हुनेछ । खेल बिहान ९ बजेदेखि हुनेछ ।दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल पुलिस क्लब खेल्ने छन । खेल दिउँसो १२ बजे हुनेछ ।
सेमिफाइनलमा पुगेका चार टोलीसहित समूह चरणमा तेस्रो भएका एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् १०औं पीएम कप एनभीए भलिबल लिगका लागि छनोट भएका छन ।त्यस्तै पुरुषतर्फ पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लब भिड्नेछन ।
दुवैतर्फका फाइनल खेल भोली हुनेछन ।
आज एनभीए भलिबल च्याम्पियनसिपमा सेमिफाइनलका खेल हुँदै












