Advertisement

आज एनपीएल क्रिकेटमा दुई खेल हुँदै

आज दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत दुई खेल हुँदैछन ।
पहिलो खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन ।चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ । चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो ।
दोस्रो खेल आजै अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पोखरा र कर्णालीका लागि पनि यो खेल प्लेअफ पुग्न महत्वपूर्ण छ ।