आज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा दुईवटा खेल हुँदैछ ।
पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन । यस्तै दोस्रो खेल दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जसबीच हुदैछ । तीनवटा खेल खेल्द सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ । एनपीएलको पहिलो सिजनमा यी दुई टोलीबीच एउटा खेल भएकोमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो ।
दुई खेल खेलेकोमा दुबै हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ । यस्तै दुईमध्ये दुबै खेल हारेको पोखरा तालिकाको पुछारमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।
आज एनपीएलमा लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै












