Advertisement

आज एनपिएलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन ।
खेल त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको विराटनगर अपराजित छ।
पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो।
दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।
तीनवटै खेल जितेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। दुई खेलमात्रै खेलेको चितवन २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ।