आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । २०८२ सालको पहिलो दिन देश तथा विदेशमा रहेका नेपालीहरुले हर्षउल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाई रहेका छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर राम्रो हुने जनविश्वास छ ।
आजदेखि २०८२ साल सुरु, एक आपसमा शुभकामना आदानप्रदान गरी मनाईदैँ












