Advertisement

आजदेखि सर्वोच्च अदालतमा रिट दर्ता खुल्ने

आजदेखि सर्वोच्च अदालतमा रिट दर्ता खुल्ने भएको छ ।
गत भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आंशिक रूपमा सुचारु हुने भएको हो । असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू,मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन ।
अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन रहने प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।