Advertisement

आजदेखि रिलायन्स स्पिनिङ मिल्सको आइपिओ खुल्दै

आजदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपिओ खुल्दैछ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आइपिओको बाँडफाँट गरेपछि सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमा ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिसेयर मूल्य ८२० रूपैयाँ ८० पैसा रहेको छ। लगानीकर्ताले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन ।
आईपिओमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।