आजदेखि चितवनको सौराहामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सुरु हुने भएको छ ।
बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताए । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक,उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने पार्टीले जनाएको छ ।
आजदेखि रास्वपाको विस्तारित बैठक हुँदै











