आज मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट शुरू हुँदैछ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बिहान ११ बजे राजविराजमा रहेको पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता उद्घाटनमा गर्ने कार्यक्रम छ ।आजको खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्स र कोशी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा ६ समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपीएलका अध्यक्ष सञ्जीवनारायण यादवले जानकारी दिए ।
आज एउटा मात्र खेल हुने भए पनि वैशाख ८ गतेसम्मका अरु खेल दैनिक दुई वटाका दरले हुने छ । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल हुने छ ।
आजदेखि मधेश प्रिमियर लिग शुरू












