Advertisement

आजदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

आजदेखि यातायात व्यवसायीले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको संगठनको भनाइ छ ।