Advertisement

आजदेखि तीन दिनसम्म बादल र हल्का पानी पर्ने सम्भावना

आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान मंहाशाखाले जनाएको छ ।
अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना छ ।पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।