भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतले आजदेखि आफू सेवा सुरु गरेको छ ।
अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्वपूर्ण कागजातहरू नष्ट भएका छन । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति र्पुयाउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन ।
आजदेखि टेन्ट टाँगेर सर्वोच्चले दियो सेवा












