Advertisement

आजदेखि कोशी सम्मेलन सुरु

कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि प्रदेश लगानी सम्मेलन सुरु भएको छ ।
सम्मेलन भोलिसम्म चल्ने छ,सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीको वातावरण पर्याप्त भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।प्रदेश सरकारले सम्मेलनमा ७१ वटा परियोजनालाई सोकेसमा प्रस्तुत गरेको छ । अनुमानित १ खर्ब ७३ अर्ब ४९ करोड लागत रहेको छ ।सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजना छन ।