Advertisement

आजदेखि कक्षा १२ को परीक्षा सुरु

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ-मुस्ताङमा एक(एक केन्द्र निर्धारण गरिएको छ ।परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।