आज बिहान ११ बजेदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ ।
११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा सुरु हुनेछ । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ ।
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक












