Advertisement

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठकसुरु हुने भएको छ ।
बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए ।