आजदेखि नेकपा एमालकोे विधान महाधिवेशन सुरु हुँदै छ ।
गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन । यसअघि बिहिबार बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको थियो । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि दस्ताबेज प्रस्तुतीकरणमा केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन,पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन ।
स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्ताबेज पनि प्रस्तुत गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए। नेता थापाले हिजो पार्टी कार्यालयमा फरक मतको दस्ताबेज दर्ता गराएका थिए ।
आजदेखि एमालकोे विधान महाधिवेशन सुरु हुँदै












