Advertisement

आजको मौसम हेर्नुहोस् यस्तो छ

आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको कोशी र गण्डकीका पहाडी भू-भागका एक(दुई स्थानमा आगामी २४ घण्टामा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना पनि रहेको छ । देशका अधिकांश भू-भागहरूमा तापक्रम बढ्दै जाने सम्भावना रहेको, वर्षाको सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।