Advertisement

आईसीसी विश्वकपमा नेपाल अमेरिकासँग १०६ रन अन्तरले पराजित

आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनको बिशाल अन्तरले पराजित भएको छ ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रन बनाउंदा अल आउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेख ३७, भीम सार्की २९,कप्तान रोहित पौडेल २,आरिफ शेख २०, गुल्सन झा ३,सोमपाल कामी ११,करण केसी २,सन्दीप लामिछाने र कुशल भुर्तेल ० रनमा आउट भयो ।
अमेरिकाका हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८.१ ओभर बलिङ गरेका सिंहले २६ रन खर्चेर ६ विकेट लिए । त्यसअघि दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन र मिलिन्द कुमारले अविजित ७० रन बनाए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले २,सोमपाल कामी,आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १.१ विकेट लिए ।