बिहिबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको छ ।
मुम्बईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर एक बलमा १ सय १७ रनमा अलआउट भयो ।राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन बनाए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।
जीतसँगै मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा ६ अङ्कका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।
आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको जीत












