बिहिबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु फाइनलमा पुगेको छ ।
पहिलो क्वालिफायरमा पन्जाब किङ्ग्सलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको हो ।पन्जाबले दिएको १ सय २ रनको लक्ष्य बेङ्गलुरुले १० ओभरमा २ विकेट गुमाउँदै पूरा र्गयो । बेङ्गलुरुका फिल साल्टले अविजित ५६ रन बनाए । पन्जाबका क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए ।
आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच इलिमिनेटर खेल हुँदैछ ।
आईपीएल क्रिकेटमा पन्जाबलाई हराउँदै बेङ्गलुरु फाइनलमा












