इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स खेल्दैछन ।
खेल बेलुकी पौने ८ बजेदेखि बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ । बेंगलुरु र पञ्जाब दुवै टोलीले यस सिजन हालसम्म समान ६ खेल खेल्दा समान ४ जित र २ हारसहित ८ अंक जोडेका छन । नेट रनरेटको मात्र अन्तर रहँदा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन । बेंगलुरुले दुवै हार घरेलु मैदानमा नै बेहोरेको छ ।
आईपीएल आज बेंगलुरु र पञ्जाब किङ्स खेल्दै












