आज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन ।
खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।अस्ति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो । उसले गुजरातलाई २० रनले हरायो । पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्न लागेको हो । बेङ्गलुरुले पन्जाबलाई ८ विकेटले हराएको थियो । आज हुने दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।
आईपीएलमा आज मुम्बई र पन्जाब खेल्दै












