Advertisement

आइतबारदेखि सत्याग्रह सुरु गर्दै गोविन्द केसी

आइतबारदेखि प्रा.डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन सुरु गर्ने घोषणा गरेका छन । सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन ।
सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ ।