असार ९ गतेदेखि दरमखोला हाइड्रो इनर्जीको आईपीओे खुल्ने भएको छ ।
पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि कम्पनीको आईपीओ खुल्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ । सर्वसाधारण समूहको कुल ३९ लाख ५० हजार कित्ता सेयर मध्ये वैदेशिक रोजगारमा रहेकालाई ५८ हजार ३९० कित्ता तथा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्कासन हुन लागेको हो । आयोजना प्रभावित स्थानीयले छिटोमा असार २३ गतेसम्म तथा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछ ।
असार ९ देखि दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्ने












