असार २५ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।शेयरधनीहरुले सो हकप्रद शेयरका लागि साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै एशियन लाइफ इन्स्योरेन्स












