सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन।
अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताए । उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे । आगो सल्काउन मद्दत गर्नेहरूमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरू समाधान गर्नुपर्ने बताए । कांग्रेसले त्यसको तागत राख्ने पनि बताए । काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने उनको भनाई थियो ।
असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छ : गगन थापा












