Advertisement

अर्थमन्त्री पौडेल र प्रचण्डबीच भेटवार्ता

आज बिहान प्रचण्ड निवास खुमलटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ । बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई निरन्तर दिईरहेका छन ।