Advertisement

अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचन जारी

अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।
चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो। बिहानदेखि नै सहज रूपमा मतदान सुरु भएको छ ।चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो। अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो। जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो।