Advertisement

अमृत साइन्स क्याम्पसको स्ववियुमा एमाले अखिलको विजयी

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा काठमाडौंको अमृत साइन्स क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै जितेको छ।
क्याम्पसमा आइतबार विद्युतीय उपकरणमार्फत भएको मतदानमा अनेरास्ववियुका रुद्रहरि पोखरेलको प्यानल नै निर्वाचित भएको हो।स्ववियु अध्यक्षमा पोखरेलले माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पराजित गरेका हुन ।
कूल १९४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२९१ मत खसेको थियो।