मंगलबार साँझ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुश पनि निकालेको छ ।प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरुबाट मसाल खोसेको थियो ।विद्यार्थीहरूले सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्रीको पुत्ला












