नेपाल पुलिस क्लब लगातार आठ जीतसहित एक खेलअघि नै प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
दाङको देउखुरी रङ्गशालामा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले हरायो । पुलिसले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा अलआउट भयो । कर्णालीका रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।
प्रधानमन्त्री कप एकदिवसीयको फाइनलमा पुलिस क्लब












