आज एएफसी एशिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा मलेसियासँग भिड्दै छ ।
खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । नेपालले गत शुक्रवार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिङ्कापुरलाई १–० ले हराएको थियो । सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए।
एशिएन कप छनोट खेलमा आज नेपाल र मलेसिया भिड्दै












