Advertisement

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबिच भेटवार्ता

मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा भेट भएको हो ।परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको बताएकी छिन ।भेटमा आफूले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा व्यक्त गरेको र भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको बताएकी छिन ।