Advertisement

नेप्सेको सिइओको लागि ५ जना छानिए

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)को संक्षिप्त सूचीमा ५ जनालाई छानिएको छ ।
छानिएको ५ जनालाई चैत ६ गते बुधवार अन्तरवार्ता लागि बोलाइएको छ।सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना छानिएका हुन । संक्षिप्त सूचीमा झापाका चुडामणी चापागाई, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका छन ।