आइतबार सेयर बजार परिसूचक नेप्से ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार ७ सय ७२ दशमलव १० विन्दुमा झरेको छ।
आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको एक अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २ सय १७ वटाको घट्यो ।आज अन्य उपसमूह सर्वाधिक २ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ । इन्भेष्टमेन्ट २ दशमलव ४९, फाइनान्स १ दशमलव ८७, डेभलपमेन्ट बैंक १ दशमलव ७१ र माइक्रो फाइनान्सको सूचक १ दशमलव ५८ प्रतिशतले घटेको छ ।
सेयर बजार ४६.३३ अङ्कले घट्यो













Leave a Reply