Advertisement

९ दिनदेखि शेयर बजारमा उछाल

गत फागुन ४ गतेदेखि बढ्न थालेको सूचक आइतबार १८ गतेसम्म निरन्तर बढिरहेको छ। गत फागुन ४ गते सूचक २६७८.४७ अंकमा थियो भने आइतबार सूचक बढेर २८९०.२६ अंकमा उक्लिएको छ। गएको ९ कारोबार दिनमा सूचकले डबल सेन्चुरी मारिसकेको छ। यस अवधिमा सूचक २११.७९ अंकले बढिसकेको छ। आइतबार मात्रै सूचक ७५.२४ अंकले बढेर २८९०.२८ अंकमा उक्लिएको हो। गत बिहीबार पनि सूचक ४९.१६ अंकले बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *