Advertisement

रास्वपाको सचिवालय बैठक आज बस्दै

आज दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ ।
बैठकमा समानुपातिक उम्मेदवारको टुंगो लगाउने बारे छलफल हुने बताइएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फ रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत ल्याएको थियो। सो अनुसार आयोगले रास्वपाले ५७ सिट पाएको घोषणा गरेको थियो।आयोगले फागुन २८ गते समानुपातिक मतअनुसारको सिट घोषणा गरी उम्मेदवार सिफारिस गर्न तीन दिनको समय तोकेको थियो। बैठकमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टीको विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।