Advertisement

मुलुकभर निर्वाचन जारी

अहिले देशैभर प्रतिनिधि सभा सदस्यको निर्वाचन जारी रहेको छ ।
देशभर करिब १० हजारभन्दा बढी मतदान स्थल र २२ हजारभन्दा बढी मतदान केन्द्र कायम गरिएको छ । आज बिहानदेखि मतदान सुरु भएको मतदान प्रकृया साँझसम्म सञ्चालन हुनेछ ।यस निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ योग्य मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य लिङ्गका मतदाता दर्ता रहेका छन् । सम्पूर्ण मतदाताहरुले आफू दर्ता भएको मतदान केन्द्रबाट नै मतदान गर्नुपर्ने हुन्छ । निर्वाचनमा १६५ चुनाव क्षेत्रहरुबाट ६८ राजनीतिक पार्टी सहभागी भएका छन ।