काठमाण्डौको बसन्तपुरमा मध्याह्नसम्म सुस्त देखिएको होली दिउँसोपछि होलीको रौनक सुरू भएको छ।
बसन्तपुर दरबार क्षेत्रमा युवाहरू जम्मा भएर होली खेलिरहेका छन । बसन्तपुर क्षेत्रमा हरेक वर्ष ठूलो संख्यामा मानिसहरू सहभागी भएर होली खेल्ने गरिन्छ। यसपालि फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक भने देखिएको छैन।प्रशासनले पनि यसपालि ठूलो समूह बाँधेर भन्दा घरमै होली मनाउन अनुरोध गरेको छ।
यस्तो हुँदैछ बसन्तपुरमा होली












