Advertisement

फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्दै रास्वपा

फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयारी गरेको छ ।
जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिए । पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको उनले बताए । उनले पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरी घोषणापत्र जारी हुने उल्लेख गरे ।