आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ ।
चुनावमा हुने उम्मेदवारको खर्चसहितको अनुगमन गर्न अधिकृत तोकिएको हो । सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको आयोगले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक क्रियाकलाप चुनावी खर्च,लेखा राखे(नराखेको,सम्पत्ति विवरण पेस गरे(नगरेको,निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरेरनगरेको लगायत हेर्ने जिम्मेवारी तोकिएको छ । आचारसंहिता विपरीत खर्च गरेको पाइए उम्मेदवारलाई अधिकारीले स्पष्टीकरण सोध्न सक्ने व्यवस्था छ ।
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत











