Advertisement

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल,डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको र डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।