सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ ।
कम्पनीले ८२ लाख कित्ता शेयरका लागि आवेदन माग गरेकोमा पहिलो दिन नै ७ लाख ३८ हजार २ सय ७७ जना आवेदकले ९१ लाख ८१ हजार २० कित्ता शेयरको लागि आवेदन दिएका छन । पहिलो दिन नै आईपीओमा माग भन्दा १.११९ गुणा बढी आवेदन परेको छ ।कम्पनीको शेयरमा आगामी शुक्रबारसम्म आवेदन दिन सकिन्छ ।
सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन












